२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना कहरः

काठमाडौं र कपिलबस्तुमा दुई कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २४५ पुग्यो

संक्रमितहरुको अवस्था सामान्य

बुधवार , बैशाख ३१, २०७७

कठमाडौं, वैशाख । देशभर कोरोना संक्रमितको संख्या २४५ पुगेको छ । आज(विहीबार) साँझ २ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएकामा काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष र कपिलबस्तुकी ६ बर्षीया बालिका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुको अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमै रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार