२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

बाराका संक्रमित १४ वर्षे किशोर ग्यास बिक्रेता रहेको खुल्यो

मंगलवार , बैशाख ३०, २०७७

काठमाडौं, वैशाख । संक्रमण पुष्टि भएका बाराका १४ वर्षीय किशोर ग्यास बिक्रेता रहेको खुलेको छ ।

बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुर टोलका १४ वर्षे किशोर ग्यास बिक्रेता भएको पाइएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

१४ वर्षे ती किशोर वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वा चोकस्थित ग्यास पसल कार्यरत रहेको मिश्रले बताए । किशोरको ट्रेसिङ वीरगञ्जकै छपकैयामा गरिएको थियो ।

मंगलबार ती किशोरमा कोरोना भाइरसको संक्रमण भएको पुुष्टि भएको थियो । अहिले उनी नारायणी अस्पतालको आइसोलेशनमा छन् । उनको परिवारका पाँचजनालाई बिश्रामपुर गाउपालिकामै रहेको क्वारेन्टाइनमा पठाइएको छ ।

यसअघि जिल्लाकै जितपुर सिमरा उपमहानगरपालिका र सिम्रौनगढ नगरपालिकाका एक–एक जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार