२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना कहरः

काठमाडौं, भक्तपुरसहितका जिल्लामा थप २६ जनामा कोरोना भेटियो, संक्रमितको संख्या २१७ पुग्यो

काठमाडौं, भक्तपुर सहितको जिल्लामा संक्रमित

मंगलवार , बैशाख ३०, २०७७

नेपालमा मंगलबार राती थप २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या २ सय १७ पुगेको छ।
मंगलबार दिउसो ५७ जनामा संक्रमण देखिएको थियो। साँझ थपिएका २६ जनासहित एकैदिन ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

काठमाडौं, भक्तपुर सहितको जिल्लामा संक्रमित भेटिएका छन्।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार पर्साका २२ देखि ६० वर्षका ६ जना महिला र १६ देखि ६१ वर्षका १२ जना पुरुष, महोत्तरीका १६ र ३५ वर्षका २ पुरुष, धनुषाका २० वर्षकी एक महिला र ४० वर्षका पुरुष, भक्तपुरकी २५ वर्षीय एक महिला र २७ वर्षीय पुरुष, काठमाडौंकी ३३ वर्षीय महिला र सर्लाहीकी ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार