काठमाडौं, वैशाख । मंगलबार देशका विभिन्न स्थानमा बदली भई पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी भुभागका स्थानमा बदली हुने सम्भावना रहेको छ ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशको विभिन्न स्थानमा बदली भइरहेको छ ।
आज दिँउसोपछि देशका पहाडि भूभाग र तराईका केही स्थानमा बदली भई मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै आज राति पनि देशको पुर्वी र मध्य भूभाग साथै पश्चिमी पहाडि भूभागमा बदली भई मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।