२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना कहर

नेपालमा थप ७ मा कोरोना सङ्क्रमण : "सङ्क्रमित १०९ पुगे"

भुल्केका तीन, कपिलवस्तुका तीन र पर्साका एक

शुक्रवार , बैशाख २६, २०७७

काठमाडाै, बेशाख । नेपालमा थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उदयपुरको भुल्केका तीन, कपिलवस्तुका तीन र पर्साका एक गरी ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार उदयपुर, भुल्केका १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुका १८ वर्षका दुई र १७ वर्षका एक जना पुरुष तथा पर्सा छपकैयाका ६२ वर्षका पुरुष गरी थप ७ जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ सय ९ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार