काठमाडाै, बेशाख । सशस्त्र प्रहरी बलका २२ डीएसपी एसपीमा सिफारिसमा परेका छन् । सशस्त्र प्रहरी बलमा इन्सेपक्टरमा भर्ना भएका सिसं २ का १९ र प्रहरीबाट स्थानान्तरण भई आएका तीन जना एसपी बढुवामा सिफारिसमा परेका हुन् ।
सशस्त्र प्रहरीमा सिसं २ मा इन्सपेक्टरमा भर्ना भएका अधिकृत एसपीमा बढुवामा परेको यो दोस्रो पटक हो । सिसं २ का केही अधिकृत अझै डीएसपी नै छन् ।
बढुवा सिफारिसमा पहिलो नम्बरमा समिककुमार महर्जन परेका छन् ।
यसैगरी, महेश अधिकारी, दीपककुमार थापा, राजु श्रेष्ठ, विजयकुमार केसी, सुधिर सुवेदी, सुरेशकुमार सापकोटालगायत परेका छन् । प्रहरीबाट स्थानान्तरण भई आएका दीपेन्द्र गिरी, पूर्णबहादुर साउद र द्रोणकुमार विष्ट पनि सिफारिसमा परेका छन् ।


