२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सिनामंगलमा शंकास्पद वस्तु फेला, सेनाको टोलीद्वारा डिस्पोज

सोमवार , बैशाख २२, २०७७

काठमाडौं,  वैशाख । काठमाडौंको सिनामंगलमा आज बिहान भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

सिनामंगलस्थित सुकुम्बासी बस्तीमा भेटिएको शंकास्पद वस्तु ‘प्रेसर कुकर बम’ नभएको महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पुष्टि गरेका हुन ।

उनले भने, ‘सुकुम्बासी बस्तीमा प्रेसर कुकर भेटिएको हो, नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरिसकेको छ । प्रेसर कुकरमा केही ढुंगाहरु राखिएका रहेछन् ।’

आज विहान स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । केही बेर सो क्षेत्रमा बम भएको आशंकामा त्रास फैलिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार