२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना कहरः

नेपालगञ्जमा थप नौजना कोरोना भाइरस संक्रमित, संक्रमित संख्या ६९ पुग्यो

संक्रमितमध्ये ५ जना पुरुष र ४ जना महिला

आइतवार , बैशाख २१, २०७७

काठमाडौं, बैशाख । नेपालगञ्जमा आइतबार नौजना कोरोना भाइरस संक्रमित भेटिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ६९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङका क्रममा यो जानकारी दिएको हो। संक्रमितमध्ये ५ जना पुरुष र ४ जना महिला छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरुको उमेर ७ देखि ५८ वर्षसम्म छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार