२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

ताप्लेजुङका आगलागी पीडितलाई तत्काल राहतको प्रबन्ध गर्न कांग्रेसको माग

शनिवार , बैशाख २०, २०७७

काठमाडौं, बैशाख । नेपाली कांग्रेसले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा आगलागीका कारण घरबारविहीन हुन पुगेका पीडित परिवारजनलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको यथोचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।
 
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति १० बजेदेखि सुरु भएको आगलागी शनिबार  बिहान ५ बजे नियन्त्रणमा आउँदासम्म सात घर र केही पसल पूर्णरुपमा जलेर क्षति भएको थियो । कांग्रेस जिल्ला कार्यालयको भवनमा समेत आगलागीबाट सामान्य क्षति भएको पार्टी कार्यालयले जनाएको छ ।  
 
कांग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्तिमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीका कारण आफ्नो आवासगृहसहित धनसम्पत्ति गुमाएका परिवारजनमा सहानुभूति प्रकट गर्नुभएको छ । साथै उहाँले आगलागीका कारण घरवारविहीन हुन पुगेका पीडित परिवारजनलाई तत्काल राहतको उचित प्रबन्ध गर्न सरकारसँग माग गर्नुभएको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार