२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना भाइरसको प्रभाव

लकडाउन उल्लंघन : "घर बाहिर निस्किएका १ हजार ४९६ जना सामातिए"

कोरोनाको बारेमा शिक्षा दिएर छाड्ने

शुक्रवार , बैशाख १९, २०७७

काठमाडौं, बैशाख ।  काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ४९६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहान ८ बजेसम्म ४०३ जना महिला सहित १ हजार ४९६ जनालाई नियन्त्रणमा लिएको हो।

सरकारले लकडाउन घोषणा गरेको आज ३९ दिन पूरा भएको छ। चैत ११ गते बिहान ६ बजेदेखि लकडाउन सुरु भएको थियो। त्यसयता प्रहरीले घरबाहिर हिड्नेलाई पक्राउ गर्दै आएको छ।

लकडाउनको समयमा घरबाट निस्कनेलाई प्रहरीले  नियन्त्रणमा लिएर घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाड्ने गरेको छ। यसैगरी, दुई पाङ्ग्रे र चारपाङग्रे गरेर १०२ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार