गोरखा, कात्तिक ।
मनास्लु क्षेत्रका विभिन्न गाउँहरूमा हिउँ पर्न थालेको छ । चुमनुब्री गाउँपालिकाको वडा नं.१ तथा वडा नं.७ का विभिन्न गाउँबस्तीमा हिउँ परेको स्थानीयहरूले बताएका छन् ।
बंगालको खाडीमा विकसित भइ दक्षिणपूर्वी नेपालबाट प्रवेश गरेको शक्तिशाली सामुद्रिक चक्रवात अर्नबको प्रभाव बिहीबार रातिदेखि गोरखाको मनास्लु क्षेत्रलगायतका हिमाली भेगमा परेको हो ।
वडा नं. १ को साम्दो तथा वडा नं- ७ को निले, छुले र लारमा अहिले हल्का हिमपात भएको स्थानीयहरूले जानकारी दिएका छन् । सामागाउँ, छेकम्पार, लामागाउँ लगायतका गाउँमा हिउँ नपरे पछि वरिपरिका पहाडमा हिउँले ढपक्कै ढाकेको उनीहरुको भनाइ छ ।
हाम्रो गाउँमा चाहिँ आइपुगेको छैन,तर, वरिपरिको डाँडाकाँडा ढपक्कै हिउँले ढाकेको छ,वडा नं.७ का वडाअध्यक्ष टासी दोर्जे लामाले भने, धुम्म कुहिरो लागेको छ ।
सिमसिम पानी परेको छ । मौसम यस्तै भइरहे अब हिउँ पर्नेछ । ती क्षेत्रमा हिमपातसँगै चिसो बढेको छ । हिमपात भएपछि ती क्षेत्रका बासिन्दाहरू घरभित्रै आगो तापेर बसिरहेका छन् । म
नास्लु पदमार्गमा भ्रमणका लागि आएका पर्यटकहरू तथा पर्यटन व्यवसायीहरू पनि हिमपातका कारण प्रभावित भएका छन् । मौसममा आएको परिवर्तनले स्थानीय जनजीवन प्रभावित भएको छ ।
उनीहरूलाई सुरक्षित बासस्थानमा बस्न स्थानीय प्रशासन र गाइडहरूले आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय, सम्बन्धित स्थानीय तह र सुरक्षा निकायहरूले पर्यटकलाई पदयात्रा नगर्न आग्रह गरेका छन् ।
साथै प्रभावित क्षेत्रका बासिन्दाहरूलाई अत्यावश्यक काममाबाहेक यात्रामा ननिस्कन भनेको छ । साथै सतर्कता अपनाउन र स्वास्थ्य तथा न्यानोपनको विशेष ख्याल गर्न आग्रह गरेका छन्।
अर्नब बंगालको खाडीमा विकसित भएको एक शक्तिशाली सामुद्रिक चक्रवात तथा मौसमी प्रणाली हो । यो न्यूनचापीय प्रणाली वा चक्रवात त्यहाँबाट उत्तर- पश्चिमतर्फ सर्दै भारतको तटीय क्षेत्र पार गरेपछि नेपालतर्फ प्रवेश गरेको हो । अन्नपूर्ण