२०८३, कार्तिक ७ गते

शुक्रवार, कार्तिक ७ गते २०८३

भोटेकोशी विपद्

हानी नोक्सानी कोष निर्णय : ' नेपाललाई करिब ३ अर्ब सहयोग गर्ने'

बिहिवार , कार्तिक ६, २०८३

 

काठमाडौं, कात्तिक ।

हानी नोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) नेपाललाई २० मिलियन अमेरिकी डलर (३ अर्ब) सहयोग गर्ने निर्णय भएको छ।

भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम दिने निर्णय गरेको हो।

डा. वाग्ले र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भोटेकोशी-त्रिशुली क्षेत्रका वाढी प्रभावित समुदायलाई द्रूत गतिमा सहयोग गर्न गत अगस्त ३१ मा सो कोषलाई पत्र लेखेका थिए।

बोर्डको बिहीबार -कात्तिक ५ गते) सन् २०२६ अक्टोबर २२ मा बसेको विशेष बैठकले करिब ३ अर्ब रकम दिने निर्णय गरेको छ।भोटेकोशी-त्रिशुली क्षेत्रमा गत भदौ १० गते आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको थियो।

प्रारम्भिक विवरणअनुसार उक्त विपद्बाट करिब १५ हजार घरपरिवारका ६० हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष प्रभावित भएका छन्।

बाढीमा करिब एक हजार पाँच सय जनाले ज्यान गुमाएको र पाँच हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको विवरण छ।

नेपाल सरकारको अनुरोधपछि कोषका विकासशील तथा विकसित राष्ट्रहरूको प्रतिनिधित्व गर्ने बोर्ड सदस्य र वैकल्पिक सदस्यहरूबीच विभिन्न चरणमा छलफल भएको थियो।

छलफल, समन्वय र परामर्शपछि नेपाललाई सहयोग उपलब्ध गराउने निर्णय भएको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार