२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

बहराइनमा थप ३१ नेपालीमा कोरोना संक्रमण, संक्रमित नेपालीको संख्या एक सय ५७ पुग्यो

शुक्रवार , बैशाख १९, २०७७

काठमाडौं, बैशाख ।  बहराइनमा थप ३१ जना नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

योसंगै त्यहा कोरोना संक्रमित नेपालीको संख्या १ सय ५७ पुगेको छ । एकै ठाउँमा धेरै कामदार बस्ने गरेकाले एक जनामा भएको संक्रमण अरुमा फैलिएकाले नेपालीहरू असुरक्षित बन्न पुगेका छन् ।

अहिले बहराइनमा ठूला परियोजनामा काम भइरहेको छ । कतिपय कामदार भिसा अवधि सकिएर पनि स्वदेश फर्किन सकेका छैनन् ।

बहराइनमा करिब ३५ हजार नेपाली श्रमिक रहेको अनुमान छ । बहराइनमा हालसम्म कोरोनाका एक हजार पाँच सय ३४ जना संक्रमित छन् भने आठ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार