२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज

सोमवार , आश्विन ५, २०८३

काठमाडौँ,असोज । नेकपा (एमाले) को  केन्द्रीय कमिटीको बैठक आज बिहान ११ बजेदेखि शुरू हुँदैछ । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक हुन लागेको केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यलाई भनाइ राख्नका लागि समय उपलब्ध गराइने जनाइएको छ ।

केन्द्रीय कमिटीको बैठकको कार्यसूची तय गर्न केन्द्रीय सचिवालय बैठक बस्दैछ । पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार आइतबारदेखि  शुरू भएको सचिवालयको बैठकको निरन्तरता आज पनि हुने भएको हो ।

  निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार