काठमाडौँ,असोज । देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।
हाल उत्तर अन्डमन सागर र आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको देखिन्छ साथै उक्त प्रणाली थप बलियो बन्दै पश्चिमउत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ । कोशी र मधेश प्रदेश साथै बागमती र गण्डकी प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भूभाग, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भूभागमा साधारणतया बादल, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशको तराई भूभागको थोरै स्थानमा, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी भूभाग तथा देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशको तराई भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।