२०८३, भाद्र ९ गते

मंगलवार, भाद्र ९ गते २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी छलफल

सरकारप्रति नागरिक : " गम्भीर गुनासो गरेका छैनन् "

' परिवारका सदस्यसंग झगडा गरेर घण्टीमा भोट हाल्न लगाएकाहरु बोल्न थाले भने गाह्रो हुन्छ ' : सभापति लामिछाने

आइतवार , भाद्र ७, २०८३

 

काठमाडौं, भदाै ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकहरुले अहिले नै सरकारप्रति गुनासो नगरेको बताएका छन्। पार्टीको 'नीति,संगठन र नेतृत्व' विषयक कार्यक्रममा उनले सरकार आलोचित बन्न थाल्यो की भन्ने चिन्ता नगर्न आग्रह गरेका हुन्।

ति नागरिकले गुनासो गरि हालेका छैनन्, जसले आमाबुवा, छोरा र परिवारका सदस्यसंग झगडा गरेर घण्टीमा भोट हाल्न लगाएका थिए, उनीहरु बोल्न थाले भने चाँहि हामीलाई गाह्रो हुन्छ, उनले भने।

परिवर्तनको अभिलाषाले रास्वपालाई भोट हालेका नागरिकहरू अहिले नबोलौं भन्दै सरकारको काम हेरिरहेको लामिछानेले उल्लेख गरे।

सभापति लामिछानेले अहिले सरकार मात्र बलियो नभई प्रतिपक्ष झन बलियो रहेको उल्लेख गर्दै बलियो प्रतिपक्षलाई राजनितिक ढंगले समेट्न सक्नुपर्ने बताए।

यस्तै उनले आफ्ना कारणले पार्टीका नेता र कार्यकर्ताहरूको शिर झुक्न नदिने प्रतिबद्धता जनाए। पार्टीका सांसदहरूलाई पनि उनले शिर झुक्ने काम नगर्न सचेत गराए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार