काठमाडौं, भदौ ।
नेपाली कांग्रेस सांसद बासना थापाले सरकारले जनतालाई आधारभूत राहतसमेत दिन नसकेको भन्दै सरकारको सुशासनमाथि प्रश्न उठाएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले जनताले राहत र सिटामोलसमेत नपाउने तथा सुत्केरीले समयमा अस्पताल पुग्न नसक्ने अवस्था रहेको बताइन्।
काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौँ खर्च गरेर हेलिकोप्टरबाट काठमाडौं ल्याइन्छ ।
उनले भनिन्, ' मन्त्रीलाई काठमाडौं ल्याउन लाखौँ खर्च गर्न सक्ने सरकारले तीन लाख खर्च गरेर जनतालाई राहत दिन सक्दैन ?
बिहान बेलुकाको छाक टार्नसमेत कठिनाइ भोगिरहेका जनतालाई एउटा सिलिन्डर ग्याससमेत दिन नसक्नु कस्तो सुशासन हो ? भन्दै उनले सरकारप्रति प्रश्न उठाइन्।
उनले भनिन्, ' सरकारले कान थापेर सुनोस्,मन्त्रीको जीवन जत्तिकै मूल्यवान् कर्णालीका नागरिकको जीवन पनि हो, उनले भनिन्, प्रधानमन्त्रीका लागि हेलिकोप्टर पुग्ने तर बिरामी नागरिकले अस्पताल नपाउनेरु के यही जनताको सरकार हो ?
एकातिर ' एक्सप्रेस वेुको कुरा गर्ने र अर्कोतिर कर्णालीमा औषधि तथा राहतसमेत नपुग्ने अवस्था रहेको भन्दै थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाइन्। के यही हो सरकारको असल सुशासन ? उनले प्रश्न गरिन्।