काठमाडौँ,भदौ। आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ मा कारोबार भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य आज प्रतितोला ४ हजार ७ सय ५५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँमा कारोबार भएको थियो, जसअनुसार आज चाँदीको मूल्यमा प्रतितोला २५ रुपैयाँ ले घटेको छ।