२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

नेपाली कांग्रेस

गगनको इतर समूहलाई जवाफ : ' देउवालाई आफ्नैले डुबाए, फेरि डुबाउँछन् '

सोमवार , भाद्र १, २०८३

 

काठमाडौं, भदौ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई आफ्नैले डुबाएको बताएका छन्।

सोमबार पार्टी कार्यालयमा सम्बोधन गर्दै थापाले चुनदेवी कार्यालयमा सभापतिको ' नेमप्लेट' राखेर देउवालाई उचाल्न खोजेको आरोप लगाए।

 

सबै कुरा मिलिसक्यो भनेर सिंगापुरबाट बोलाएर नेताहरूले देउवालाई ढाँटेको र आफ्ना कमीकमजोरी लुकाउन ढाल बनाउने काम गरेको थापाको भनाइ छ।

पटक-पटक देउवालाई ढाँटेर संस्थापन इतर पक्षका नेताहरूले आफ्नो स्वार्थ पूर्ति गर्ने काम गरेको थापाले आरोप लगाए। ' त्यो बेला जसले यसो नगरौँ दाई भन्यो, ती सबै तपाईँलाई पराई लागे, जसले वरिपरि बसेर धुप बाले ती आफ्ना लागे।

आफ्नैले डुबाए दाई, फेरि डुबाउँछन्, थापाले भने थापाले निवर्तमान सभापति देउवा पक्षले गरेको राष्ट्रिय भेलालाई आफूले स्वभाविकरूपमा लिएको बताए। पार्टीभित्र भेला गर्ने अधिकार सबैलाई भएको उनले बताए।

आफूहरूले पनि विगतमा छुट्टै भेला गरेको स्मरण गर्दै सभापति थापाले धेरै टीका-टिप्पणी गर्न आवश्यक नरहेको बताए।

संस्थापन इतर पक्षको भेलामा आफ्नाविरुद्ध थुप्रै आलोचना भए पनि हिलोमा ढुंगा हान्दा आफ्नै अनुहार फोहोर हुने भएकाले आफूले कुनै टिप्पणी नगर्ने उनको भनाइ छ।

सभापति थापाले आफू १५औं महाधिवेशनमा जाने तयारीमा रहेकाले भोलिबाटै तयारी सुरु गरिने बताए। महाधिवेशनबाट नेतृत्वमा आउन पनि सभापति थापाले इतर पक्षका नेताहरूलाई चुनौती दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार