२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

इडीभी लोटरीको नतिजा मे ५ मा नआउने

मंगलवार , बैशाख १६, २०७७

काठमाडौं,  वैशाख । सन् २०२१ का लागि गत अक्टोबरमा भरिएको इडीभी लोटरीको नतिजा स्थगित गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

सन् २०२१ का लागि गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म इडीभीको आवेदन खुलेको थियो । कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भइरहँदा संक्रमण न्यूनिकरणका लागि लड्नुपरेकाले तत्काललाई इडीभीको नतिजा स्थगित गरिएको जनाइएको छ ।

 

यसअघि मे ५ मा इडीभी लोटरीको नतिजा सार्वजनिक हुने तय भएकोमा उक्त मितिमा लोटरीको नतिजा नआउने भएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार इडीभी लोटरीको नतिजा अब जुन ६ मा मात्र सार्वजनिक गरिने छ ।

इडीभी लोटरीको नतिजा आउनमा ढिलो भएपनि इडीभी परेकाहरुको अन्तरवार्ता भने अक्टोबर १ देखि नै सुरु हुने बताइएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार