२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

आजदेखि लकडाउन थप कडा

कोरोना रोकथाम : "लकडाउनलाई आजदेखि थप कडा पारिने"

गृह मन्त्रालयको निर्देशन

सोमवार , बैशाख १५, २०७७

काठमाडौं, वैशाख  । कोरोना भाइरस रोकथामका लागि लागू गरिएको लकडाउनलाई आजदेखि थप कडा पारिएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार ७७ वटै जिल्लामा लकडाउन थप कडा पारिएको हो ।

यसअघि हिजो गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको थियो । सोहीअनुसार लकडाउन कडा बनाइएको छ । प्रहरीले सडका हिँडेका र गुडेका सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गर्न थालेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार आजबाट थप कडाइ गरिएको हो । सवारी पास लिएरका सवारीलाई पनि उनीहरुको आवश्यकता हो होइन भनेर हेरेर मात्र चलाउन दिएको उनले बताए ।

लकडाउनलाई सरकारले वैशाख २५ गतेसम्म लम्ब्याएको छ । ‍अहिलेसम्म मुलुकमा ५२ जनामा कोभिड १९ सङ्क्रमण पुष्टि भइसकेको छ । १६ जना स्वास्थ्य लाभ गरी घर फर्किसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार