काठमाडौं, वैशाख । काठमाडौंमा बिहान १० बजेसम्म पसल खोल्न पाइने व्यवस्था भएको छ ।
लकडाउनमा उपभोक्तालाई सहजीकरण गर्न स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म बजारमा किनमेल गर्ने व्यवस्था महानगरपालिकाले गरेको हो ।
लकडाउनको अवधी दश दिन थपिएकाले यो अवस्थालाई सामान्यतर्फ लैजानका लागि महानगरले किनमेलका लागि केही सहज वातावरण निर्माण गरेको जनाइएको छ । यसअघि बिहान ८ बजेसम्म मात्र किनमेल गर्न पाइने व्यवस्था रहेको थियो ।