२०८३, भाद्र ९ गते

मंगलवार, भाद्र ९ गते २०८३

आगामी आर्थिक वर्ष २०८३ - ०८४

नीति तथा कार्यक्रम सार्बजनिक : ' लगानी एक्सप्रेस नीति लागू '

नीति तथा कार्यक्रममाथि छलफल गर्न -' दुई दिनको समय '

सोमवार , बैशाख २८, २०८३

 

काठमाडौं, बैशाख ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

सम्बोधनअघि राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधनको प्रति पेश गरेका थिए। सोमबार बिहान बसेको बसेको मन्त्रिपरिषद बैठकले उक्त नीति तथा कार्यक्रमलाई अनुमोदन गरेको थियो।

सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्म ३० दिनभित्र गर्नसक्ने गरी लगानी एक्सप्रेस नीति लागू गरिने बताए।नीति तथा कार्यक्रममाथि छलफलका लागि दुई दिनको समय छुट्याइएको छ।

छलफल सकिएपछि सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्। नीति तथा कार्यक्रममाथि छलफल सकिएपछि संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदमा बजेट प्रस्तुत हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार