२०८३, भाद्र ९ गते

मंगलवार, भाद्र ९ गते २०८३

नेपाल राष्ट्र बैंक भन्छ

पछिल्लो तीन महिना : ' साढे ५ खर्ब रेमिट्यान्स भित्रियो '

आइतवार , कार्तिक ३०, २०८२

 

काठमाडौं, कात्तिक । गएको तीन महिनामा साढे ५ खर्ब रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८२-८३ को तीन महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११. ९ प्रतिशतले बढेको थियो। असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ४४ अर्ब १७ करोड रहेको थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब १० अर्ब ६१ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु. ४४३ अर्ब ७६ करोड रहेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत ) नयाँ लिने नेपालीको सङ्ख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार