२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

सडक विभाग भन्छ

देशभर बर्षाले बाढी पहिरो : ' १२ राजमार्ग अवरुद्ध, १६० एकतर्फी सञ्चालन'

शनिवार , भाद्र २१, २०८२

 

काठमाडौँ, भदौ । बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १६० वटा राजमार्ग एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको छ ।

विभागका अनुसार ठोरी , भण्डारा , मलेखु, गल्छी , त्रिशूली , वेत्रावती, मैलुङ, स्यफ्रुबेँसी, रसुवागढी सडक अवरुद्ध छन् ।  जमुनाहा - नेपालगञ्ज- कोहलपुर, सुर्खेत, खुलालु, हिल्सा (कर्णाली राजमार्ग) पनि अवरुद्ध छ ।

यसैगरी, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङ्गटार–खाँदबारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । विभागका अनुसार वरुण नदीमा डाइभर्सन बगाएको छ । 

चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) पनि अवरुद्ध छ । ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुवेँसी–रसुवागढी सडकखण्ड पनि बन्द भएको छ ।

विभागका अनुसार छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम (भेरी करिडोर) पनि बन्द छ । 

कोइलाबास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तिगाउँ–थवाङ–लुकुम (शहीद मार्ग) ,सुर्खेत –तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक पनि अवरुद्ध छ ।

विभागका अनुसार सडक निर्माणको कार्य भइरहेकोले काठमाण्डौं–धुलीखेल–दोलालघाट–खाडीचौर–कोदारी (अरनिको राजमार्ग)  पनि अवरुद्ध छ ।

यसैबीच, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले मुलुकभरका अवरुद्ध राजमार्ग चाँडोभन्दा चाँडो खुलाउने प्रयास जारी रहेको बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार