काठमाडौँ, भदौ । गृहमन्त्री रमेश लेखकले प्रहरीमा महिला प्रहरीको संख्या २० प्रतिशत बनाउनुपर्ने बताएका छन्।
प्रहरी प्रधान कार्यालय नक्सालमा आजदेखि सुरु भएको प्रथम महिला प्रहरी सम्मेलनको उद्घाटन गर्दै संविधानले हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको व्यवस्था गरेपनि त्यही अनुसार हुन ' हामीले आरक्षणको प्रबन्ध गरेका छौँ। तर त्यो अहिले नै पूरा हुने स्थिति छैन,' उनले भने, 'सरकारले महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ।
यो दीर्घकालीन कार्यक्रम हो। विस्तारै पूरा हुन्छ। 'प्रहरीमा महिलाको उल्लेख उपस्थिति बनाउनका लागि सरकार तत्पर छ। ' कानुनले आरक्षणको व्यवस्था गरेको छ। त्यही अनुसार आवश्यक नीति र कार्यक्रमहरू बनाएर लागू गर्नुपर्छ। त्यसका लागि म तयार छु,' उनले भने।
दुई दिनसम्म संचालन हुने महिला सम्मेलन घोषणा पत्र जारी गर्दै सम्पन्न हुनेछ। सम्मेलनको उद्घाटन सत्रमा पहिलो महिलासहित ५ जनालाई सम्मान गरिएको छ।