२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

पहिरोले कोदारी राजमार्ग अवरुद्ध : ' छ सय कन्टेनर सीमापारि '

शुक्रवार , श्रावण ३०, २०८२


चौतारा, साउन । पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६०० कन्टेनर मितेरी पुलपारि रोकिएका छन् ।

भोटेकोशी गाउँपालिका - २ इकुमा लेदोसहितको पहिरो खसेको १२ दिन भयो । पहिरो पन्छाउन नसक्दा सवारी साधनमात्र होइन पैदल हिँड्न पनि कठिन भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले बताए ।

करिब दुई किलोमिटर क्षेत्र पहिरोले ढाकेको छ । कन्टेनरका सामान भरियालाई बोकाएर पहिरो कटाउन थालिएको जानकारी दिँदै उहाँले पहिरो पन्छाउने प्रयास सरकारीस्तरमा नभएको गुनासो गरे ।

यसैबीच, चरिकोटस्थि सडक डिभिजन कार्यालयका प्रमुख अमितकुमार श्रेष्ठले निरन्तर लेदो बगेर सडक अवरुद्ध भएको र त्यो रोकिना साथ भारी उपकरण प्रयोग गरेर बाटो खोलिने प्रतिबद्धता व्यक्त गरेका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार