२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

राष्ट्रिय परीक्षा बोर्ड

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा : ' ७०.६० प्रतिशत विद्यार्थी उत्तीर्ण '

आइतवार , कार्तिक ४, २०८१

 


भक्तपुर, कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सावजनिक गरेको छ । 

बोर्डले आइतबार सार्वजनिक गरेको नतिजा अनुसार ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा) मा एक लाख २२ हजार  १७१ विद्यार्थी सहभागी भएका थिए । 

परीक्षामा सहभागी परीक्षार्थीमध्ये ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।


परीक्षामा दुई जनाको नतिजा रद्द गर्नुका साथै तीन जनाको परीक्षा स्थगित भएको थियो । 

सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहनेले १५ दिनभित्र आवेदन दिनसक्ने बोर्डले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार