२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

प्राकृतिक बिपत्तीको ब्यथा

बाढी,  पहिरो र डुबानकाे बितण्डा  : " देशभर १९२ को मृत्यु, ३० बेपत्ता "

सोमवार , आश्विन १४, २०८१

काठमाडौँ, असोज । देशभर आएको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा हालसम्म १९२ को मृत्यु भएको छभने ३० जना बेपत्ता भएका छन् ।

विपद्मा परी १९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको प्रवक्ता तिवारीले बताए ।

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएकाे छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ ।

यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार