काठमाडौँ, भदौ । देशको अवस्था गम्भीर र जनतामामा चरम असन्तुष्ट बढ्दै गएपछि दुई ठूला र सत्तारुढ दलका नेताबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा
सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा कुराकानी भएको जनाइएको छ।
आज शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटको फोटो सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक विमर्श भएको जानकारी गराएका छन ।
भेटपछि प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन,- ‘‘आज शनिबार । नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो।'
' केही जानकारी आदान प्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए।’