२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सोलुखुम्बुमा भीषण बाढी

दुधकोशी र भोटेखोलाका तटीय क्षेत्र उच्च जोखिममा  : ' हिमताल फुटेको आशंका '

शुक्रवार , श्रावण ३२, २०८१

 

काठमाडौँ, साउन । सोलुखुम्बुमा भीषण बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेका तीनवटा घर बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । 

अरु ५ वटा घर पनि जोखिममा रहेको उनले बताए । एउटा होटल पनि बगाएको छ ।

नाम्चे बजारबाट केही तलका अर्को घर पनि बगाएको छ । बाढीबाट मानवीय हताहत भए  नभएको बुझ्न र खोज तथा उद्धारका लागि प्रहरी घटनास्थलतर्फ गएको उनले बताए ।

डीएसपी घिमिरेले बाढी दुधकोशीको सहायक नदी ‘भोटेकोशी’मा आएको र यो दुधकोशीमा मिसिएर बग्ने भएकोले तल्लो तटीय क्षेत्रका किनारा जोखिममा रहेको बताए । 

त्यसको जोखिमबाट बच्न दुधकोशीको तल्लो तटीय क्षेत्रका मानिसलाई सुरक्षित ठाउमा जान आग्रह गरिएको बताए ।

हिमताल फुटेको हल्ला आएपनि त्यसको पुष्टि भइनसकेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बताइन् । उनका अनुसार घटनास्थल क्षेत्रमा पानी परिरहेको छ । जसकारण बाढी आएको हुन सक्ने अनुमान छ । 

बाढीले तीन वटा घर र एउटा होस्टेल बगाएको छ भने अन्य पाँच वटा घर उच्च जोखिममा रहेको यकिन भएको प्रजिअ पाण्डेले जानकारी दिइन् । बाढीले गरेको क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

माथिबाट आएको बाढीको असर दुधकोशी नदीसँग जोडिएका खुम्बुपासाङ गाउपालिका, माप्यदुधकोशी र थुलुङ दुधकोशी गाउँपालिकाका नदी तटीय क्षेत्र उच्च जोखिममा परेका छन् ।

दुधकोशी नदी तीनवटा पालिका पछि खोटाङ र खोखलढुंगाका वारिपारिका तटीय बस्ती पनि उच्च जोखिममा परेका छन् । दुधकोशी खोटाङ र उदयपुर हुँदै सप्तकोशीमा मिसिन्छ ।

कान्तीपुरबाट 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार