२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राज्यव्यवस्था समिति बैठक

महामन्त्री थापाले भने : " भ्रष्टाचारसम्बन्धी मुद्दा चलाउन हदम्याद नराखौ "

' राजनीतिक दलका नेता नै मिलेर नै भ्रष्टाचार गर्छन '

बिहिवार , श्रावण ३१, २०८१

 

काठमाडौँ, साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारमा मुद्दा चलाउनका लागि समय सीमा राख्ने गरी कानूनमा हदम्याद राख्न नहुने बताएका छन् । राजनीतिक दलका नेताहरू मिलेर नै भ्रष्टाचार गर्ने भएकाले हदम्यादको व्यवस्था कानूनमा राख्न नहुने थापाको माग छ ।

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा थापाले भ्रष्टाचार मुद्दा लगाउनका लागि हदम्याद कानूनमा राख्न नहुने बताएका हुन् ।

राजनीतिक दलका नेताहरू मिलेर भ्रष्टाचार गर्ने र एकले अर्काको भ्रष्टाचार ढाकछोप गर्नका लागि सहमति गर्ने भएकाले हदम्याद राख्न नहुने थापाको भनाइ छ । 'हद म्यादका सम्बन्धमा हामीभित्र व्यापक छलफल, बहस भइरहेको छ ।

आज नयाँ व्यवस्था ल्याउनुभएको छ । सार्वजनिक पदमा बसेका व्यक्तिले सार्वजनिक सम्पत्तिमा हानी पुर्याउँछ भने त्यस सम्बन्धमा हदम्याद लाग्दैन ।

व्यक्तितग रूपमा भ्रष्टाचार गर्छ र सार्वजनिक सम्पत्तिको क्षति पुर्याएको छैन भने निश्चित अवधिभित्र अनुसन्धान सक्नुपर्छ भनेर हदम्याद आएको हो भन्ने मैले बुझेको छु,' थापाले भने, ' अहिलेको हाम्रो अनुभवले हामी जुन राजनीतिक अवस्थमा हामी छौं, नेपालमा सबैभन्दा राम्रोसँग मिलिजुली गर्ने काम भनेको भ्रष्टाचार हो ।

एउटाले अर्कोलाई तँ मेरो बना, म तेरो बनाउँछुस तँ मेरो नहेर, म तेरो हेर्दैन भनेर मिल्ने भएको हुनाले यो सन्दर्भमा विशेष अवस्था छ । विशेष अवस्था भएकाले हदम्याद राख्न हुन्न ।' हदम्याद राख्ने कि नराख्ने भन्ने विषयमा अख्तियारले स्पष्ट धारणा राख्नुपर्ने पनि थापाको भनाइ थियो ।

अख्तियार प्रमुख प्रेम राईले संसद्ले नै व्यवस्था गरोस् पनि भनेकाले पनि थापाले स्पष्ट धारणा राख्न भनेका हुन् । अख्तियारले ल्याएको प्रस्ताव र सरकारले विधेयकमा गरेको व्यवस्थामा हदम्याद सम्बन्धमा विरोधाभाष रहेको थापाले बताए ।

सार्वजनिक पदमा बसेका व्यक्तिले सार्वजनिक सम्पत्ति क्षति गरेमा जति समय पनि भ्रष्टाचार मुद्दा लाग्छ भन्ने अर्कतिर व्यक्तिले गरेको भ्रष्टाचारलाई उन्मुक्ति दिने कानूनी व्यवस्था गर्न लागिएको उनको भनाइ थियो । आफूलगायत सांसदहरूले संशोधन पनि राखेकाले अहिले हदम्याद राख्न नहुने थापाले बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार