काठमाडौँ, साउन । देशमा राजनीतिक स्थायीत्व र अर्थतन्त्रको सुधारका लागि संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनुपरेको उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बताएका छन् ।
शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ ले गरेका बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यसअघि छिटो छिटो सरकार परिवर्तन हुँदा अस्थिरता भएको भन्दै राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धन बनेको दाबी गरे ।
ुराजनीतिक स्थायीत्व र स्थिरताको जगमा आर्थिक परिवर्तन, सामाजिक परिवर्तन गर्नेदेखि सबै कुरालाई यावत रूपमा कार्यान्वयन गर्नका लागि यो सरकार गठन भएको छ,ु उपप्रधानमन्त्री सिंहले भने, ुजिम्मेवारी ठुलो छ । त्यसमा तपाईहरूले साथ सल्लाह अनवरत रूपमा दिनुहुनेछ भन्ने विश्वास छ ।ु
सिंह यही क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । क्षेत्रीय समितिले यहीबाट निर्वाचित भएर नेता सिंह मुलुकको उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री बनेका भन्दै सम्मान गरेको छ ।