२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सचिवहरूसँग प्रधानमन्त्री

अब सरकार : " ढल्ने त कुरै नगराैँ , ढलपल पनि हुँदैन "

' दुई वर्ष पुग्ने एक साता अघि राजीनामा दिन्छु, त्यसपछि कांग्रेस सभापति देउवा '

मंगलवार , श्रावण १५, २०८१

 

काठमाडौँ, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनाएका छौँ, असफल हुने छुट नरहेको र छुट हुन नदिइने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारका सचिवहरुला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज निर्देशन दिँदै भने, अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाईमा सरकार परिवर्तन गर्नुपरेको  हो । 

' यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका दल हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ' , उनले भने । 

यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन,ु प्रधानमन्त्रीको भनाई उदृृत गर्दै सचिवालयद्वारा जारी प्रेस नोटमा छ । 

उनले असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर बसेर आरामले बसेर चाहीँ सफल नहुने उनले बताए । भाग्यमा छ भन्दैमा डोका दूध दोएर अडिदैँन । 

हामीले सफलताको सङ्केत यस आर्थिक वर्षमा दिनुपर्छ । अर्को आर्थिक वर्षमा त्यो सफलता बढाउँदै लानुपर्छ । यो सरकार एक्सन ओरिएन्टेड सरकार हो । 

देशका लागि केही गर्रौँ भन्ने अठोट भएको सरकार हो यो । यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन । विना आग्रह मूल्याङ्कन गरेर निर्णयमा जान्छु प्रधानमन्त्री ओलीले भने ।

सरकार कति दिन चल्छ भनेर भ्रम फैलाउनेहरुलाई प्रधानमन्त्रीले सन्देश दिए । ' दुई वर्ष पुग्ने एक साता अघि राजीनामा दिने त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेर स्थिरता सन्देश दिइन्छ । '

' त्यसकारण यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन । कर्मचारीहरुले ढुक्कले ठिक काम गर्नुस्, सरकारले त्यसको उत्तरदायित्व लिनेछ,' प्रधानमन्त्री ओलीले भने । 

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाबमोजिम जनतालाई प्रभावकारी सेवा दिन, भोकमरी, भ्रष्टाचार र कुशासन हटाउँदै विकासको गतिलाई तीव्रता दिन योजनाबद्ध काम गर्न सचिवहरूलाई निर्देशन दिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार