२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

अबिरल बर्षाको प्रकोप

गोरखाको धार्चेमा राती पहिरो   : '  चारजना बेपत्ता, दुई घाइते "

आइतवार , श्रावण १३, २०८१

 

गोरखा , साउन  ।  उत्तरी गोरखाको धार्चे गाउँपालिका–५  सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी चारजना बेपत्ता भएका छ भने दुईजना घाइते भएका छन् । 

पहिरोले एउटा घर र गोठ बगाउँदा परिचय नखुलेका  चारजना बेपत्ता भएका  उक्त गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिएकी छन।  

पहिरोमा परी स्थानीय छमबहादुर गुरुङ र मीनबहादुर गुरुङ घाइते भएका तथा बेपत्ता भएकाको खोजी भइरहेको उपाध्यक्ष गुरुङले राससलाई बताए । 

प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार