२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

नेपाल प्रहरी भन्छ 

 यस बर्षको बर्षा मौसम  : " हालसम्म विपद्‌मा परी १३९ जनाको मृत्यु "

शुक्रवार , श्रावण ११, २०८१

काठमाडौँ, साउन । मौसमजन्य विपद्मा परी शुक्रबार अपराह्नसम्म मुलुकभर १३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशीमा २२, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ३८, लुम्बिनीमा २४, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

बाढीपहिरामा परी कोशी र वाग्मती प्रदेशमा दुईरदुई तथा गण्डकी र कर्णाली प्रदेशमा एकरएक गरी छजना बेपत्ता भएका छन् । 

बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ । विपद्मा परी  १५६ जना घाइते भएका छन् ।

बाढीका कारण जम्मा  १८४ घर डुबानमा परेका छन् भने २३८ घर, ८६ गोठ, ४३ पुल, दुई विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्का घटनाबाट चार हजार ३० घरपरिवार विस्थापित भएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार