२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जुम्ला :  भीरबाट लडेर ७० भेडा मरे

मंगलवार , बैशाख २५, २०८१

 

जुम्ला, वैशाख ।  जुम्लाको तातोपानी गाउँपालिका(७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भीरबाट लडेर  ७० भेडा मरेका छन् । स्थानीय मगे रावत र सिउल रावतका ७० भेडा गए राती भीरबाट लडेर मरेको बारागाउँका शिक्षक अमर रावतले जानकारी दिनुभयो । 

मगे र सिउल दाजुभाइ हुन् । अस्थायी प्रहरी पोस्ट ताम्ती टोप्लाका अनुसार उनीहरुका एक सय दुई भेडामध्ये भीरबाट लडेर मरेको ७० वटा भेडा भेटिएका छन् । 

३१ भेडा बेपत्ता छन् । गोठ रित्तो भएपछि भेडापालक रावत दाजुभाई घरखर्च कसरी धान्ने भन्ने चिन्तामा छन् । 

पीडित भेडा रावत दाजुभाईलाई राहतका लागि आवश्यक सहयोगका लागि समन्वय गरिरहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार