२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

धान दिवस : ' रोपाइँ महोत्सवका साथ मनाइँदै '

' जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि'

सोमवार , आषाढ १५, २०८३

 

काठमाडौँ, असार ।

आज राष्ट्रिय धान दिवस । सरकारले २३ वर्षअघि असार १५ लाई राष्ट्रिय धान दिवस घोषण गरी हरेक वर्ष मनाइँदै आएको छ । यसै दिन रोपाइँ महोत्सव पनि मनाइन्छ । 

यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासाथ २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । आधा असार सकिन लाग्दा धान रोपाइँ भने न्यून भएको छ । यस वर्ष पानी नपर्दा धान रोपाइँ कम भएको हो । 

 

Sampada-Baniya-.jpg
undefined

कृषि  विभाग अनुसार १२ असारसम्म मुलुकभर ११.३३ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष सो अवधिमा १५।६ प्रतिशत धान रोपाइँ भएको थियो । 

मुलुकभर धान रोपाइँ हुने १३ लाख ८१ हजार ४८८ हेक्टर क्षेत्रफलमा रहेकोमा यो वर्ष एक लाख ५६ हजार ५८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । 

१२ असारसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा २२.८ प्रतिशत अर्थात् नौ हजार ८७५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा २०े९ प्रतिशत अर्थात् ६२ हजार ६७१ हेक्टर क्षेत्रफलमा र गण्डकी प्रदेशमा १२।७ प्रतिशत अर्थात् ११ हजार ८४६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

यस्तै बागमती प्रदेशमा १२े.६ प्रतिशत अर्थात् १४ हजार ४२० हेक्टर क्षेत्रफलमा, सुदूरपश्चिममा ९.३ प्रतिशत अर्थात् १५ हजार आठ सय हेक्टरमा र कोशी प्रदेशमा ८.३ अर्थात् २२ हजार ८१५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । 

सबैभन्दा कम मधेश प्रदेशमा पाँच प्रतिशत अर्थात् १९ हजार १५८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

विभागका अनुसार,  पानी नपरेकाले धान रोपाइँ कम भएको जनाएको छ ।  पहाडी क्षेत्रमा धान रोपाइँ छिटो भए पनि तराईमा भने रोपाइँ ढिला हुने गर्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार