२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

काठमाडौ १ : ' कांग्रेसका प्रकाशमानसिंह बिजयी '

मंगलवार , मंसिर ६, २०७९


काठमाडौँ, मंसिर । काठमाडौं निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । 
मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १२९ मतले पराजित गर्दै सिंह निर्वाचित भएका हुन् ।

सिंहले ७ हजार १४० मत प्राप्त गरेका छन् । मिश्रले ७ हजार ११ मत प्राप्त गरेको स्रोतले जनाएको छ ।

२०७४ सालको निर्वाचनमा पनि सिंहले निकटतम प्रतिस्पर्धी मिश्रलाई नै पराजित गरेका थिए । त्यतिबेला मतान्तर ८१८ रहेको थियो । मिश्र त्यसबेला विवेकशील साझाबाट उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार