२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि तथा प्रदेशसभा निर्बाचन - २०७९

काठमाडौं :' ५५ प्रतिशत मत खस्यो, मतपेटिका गणनास्थल पुर्‍याइँदै'

आइतवार , मंसिर ४, २०७९


काठमाडौँ, मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौंमा ५५ प्रतिशत मत खसेको छ । यहाँका १०  निर्वाचन क्षेत्रका ७६७ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । मतदानका लागि तोकिएको साँझ ५ बजेसम्मको अवधिमा सबै मतदान केन्द्रहरूमा मतदान सकिएको छ ।
प्रारम्भिक तथ्यांकअनुसार काठमाडौंका दस निर्वाचन क्षेत्रहरूमा ५५ प्रतिशत मत खसेको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । ‘सबै केन्द्रहरूमा मतदान सकिएको छ । 
बेलुकी ५ बजेपछि कुनै पनि केन्द्रमा मतदाता देखिनुभएन,’ उनले भने, ‘त्यसैले हामीले मतदानको प्रक्रिया टुंग्याएर मतपेटिका संकलनको काम थालेका छौँ ।’उनका अनुसार मतदान केन्द्रहरूबाट मतगणनास्थलहरूमा पेटिका संकलनको काम प्रारम्भ भइसकेको छ ।

क्षेत्र नं. १ मा ४५ हजार १८, क्षेत्र  २ मा ८१ हजार ९७०, क्षेत्र नं. ३ मा ५८ हजार ८०५, क्षेत्र नं. ४ मा ६९ हजार ७५२, क्षेत्र नं. ५ मा ७० हजार ९१९, क्षेत्र नं.६ मा ६२ हजार १०२, क्षेत्र नं. ७ मा ६१ हजार २९१, क्षेत्र नं. ८ मा ५३ हजार १०६, क्षेत्र नं. ९ मा ७२ हजार १७३ र क्षेत्र नं. १० मा ७६ हजार ९०६ मतदाता छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार