२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मोरङ  : ' बेलबारी नगरपालिकाको लालभित्तीमा शंकास्पद वस्तु फेला '

आइतवार , मंसिर ४, २०७९


मोरङ, मंसिर ।  मोरङको बेलबारी नगरपालिकाको लालभित्तीमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ। सो स्थलमा  टिनको बट्टाबाट तार बाहिर निकालेर छाडेको शंकास्पद वस्तु आइतबार बिहान करिब साढे ८ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।
शंकास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता बढाइएको छ। हाल घटनास्थललाई मानिसको आवतजावत बन्द गरेर सुरक्षित राखेको उपरीक्षक कोइरालाले जानकारी दिए।
शंकास्पद देखिएको सो वस्तु निष्क्रिय बनाउन नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ।  मोरङमा ३ सय ६ वटा मतदानस्थल रहेको र ८ सय ३९ वटा स्थायी र २ वटा अस्थायी केन्द्र छन्। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सबै केन्द्रमा सुरक्षित रूपमा मतदान सुरु भएको जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार