२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मन्त्रिपरिषद् बैठक : ' यस वर्षकाे एसईई नहुने, नतिजा आन्तरिक मूल्यांकनबाटै '

मंगलवार , जेठ १८, २०७८

काठमाडौं, जेठ । माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष नहुने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनले थपे, विद्यालयले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ ।

प्राप्त विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्नेछ । गत वर्षपनि कोरोना महामारीका कारण परीक्षा रोकिएपछि आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गरिएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार