२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

धनकुटा : यस बर्षको असिना पानीले करिब ४८ करोडको क्षति

आइतवार , बैशाख १२, २०७८

धनकुटा, बैशाख । गत बैशाख २ गते आएको असिना पानीले अर्गानिक तरकारी उत्पादनको पकेट क्षेत्रका रुपमा रहेको छथरजोरपाटी गाउँपालिमा कृषि क्षेत्रमा करोडाकोैं क्षति भएको छ ।

असिना पानीले काउली, बन्दा, आलु, रायो, मटरकोसा, खुर्सानी, मकै, गोलभेडा, काँक्रो, अलैची, अम्रिसो, घाँस तथा फलफुल र केहि चौपायाँ समेतमा क्षति पु¥याएको प्रतिवेदनमा उल्लेख छ ।

असिनाले पुर्याएको क्षति यकिन गर्न छथरजोरपाटी गाउँपालिका कृषि शाखाले क्षति भएका वडा नम्वर २, ५ र ६ मा अनुगमन टोलीसहित अनुगमन गरि प्रतिवेदन तयार पारेको छ । सार्वजनिक सूचना जारी गरी संकलन गरेको बिवरण अनुसार पालिकामा क्षति भएका वडाहरुमा लगाईएको सबै बाली र अन्य ३ वडामा आंशिक क्षति भएको पाईएको छ ।

उक्त क्षतिको मूल्याङकन गर्दा करिब ४८ करोड बराबरको तरकारी, फलफुल तथा नगदेबालीमा क्षति पु¥याएको जनाइएको छ । क्षति यकिन पश्चात पालिकाले प्रतिवेदन तयार गरेको छ उक्त प्रतिवेदनमा सबैभन्दा बढी वडा नं. ६ मा २० करोडभन्दा बढीको सब्जी तथा अन्य बालीको क्षति भएको छ ।

यसैगरी वडा नं. ५ मा १३ करोड र वडा नं. २ मा ११ करोड बरावरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ । पालिकाको कृषि तथा पशु शाखाले पालिकाका ६ वटै वडाको क्षति बिवरण संकलन गरेर निर्णयका लागि पालिका बैठकमा पेश गरेको छ ।

बैशाख २ मा परेको असिना पानीले भएको उक्त क्षतिलाई मध्यनजर गर्दै ७ गते मंगलबार बसेको पालिकाको बैठकले क्षतिपूर्ति तथा राहतका लागि संघ, प्रदेश र सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको छथरजोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिएका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार