२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

दक्षिण कोरिया : 'कोरोनाविरुद्धको खोप देशव्यापी शुरुआत'

शुक्रवार , फाल्गुण १४, २०७७

सउल, फागुन । दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत गरेको छ । थेगु शहरको एक अस्पतालमा रहेका ६० वर्षीय जोडी चिकित्सकबाट खोप अभियान शुरु भएको बताइएको छ ।

अस्ट्राजेनेका कम्पनीद्वारा निर्माण गरिएको यो खोप पहिलो चरणमा ६५ वर्षभन्दा मुनिका कोरियन स्वास्थ्यकर्मी तथा नर्सिङहोमका कर्मचारीलाई लगाउने यहाँको स्वास्थ्य विभागले जनाएको छ ।

पहिलो चरणको कार्यक्रमअन्तर्गत सो खोप कोरियाको एसके बायो–साइन्सले निर्माण गरेको हो । उक्त कम्पनीद्वारा निर्मित १.५७ मिलियन डोज खोप सात लाख ८० हजार व्यक्तिलाई दुईपटक दिन पुग्नेछ ।

कोरियाले आगामी मार्चको अन्तिमसम्म दुई लाख ८९ हजार स्वास्थ्यकर्मी तथा बिरामीलाई खोपको दुई पटक दिने तयारी गरेको छ । यससँगै यहाँ रहेका नेपालीमा खुशीको सञ्चार भएको छ ।

कोरियाले यसअघि नै यहाँ रहेका विदेशीलाई पनि कोरोनाविरुद्धको खोप निःशुल्क प्रदान गर्ने बताइसकेको छ । यहाँ रहेका हरेक वैधानिक तथा अवैधानिक विदेशीले पनि यो खोप प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार