२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बेलायत : 'कोरोना संक्रमणका कारण २ नेपालीको मृत्यु'

सोमवार , फाल्गुण ३, २०७७

काठमाडौं, फागुन । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण विदेशमा थप २ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार पछिल्लो साता बेलायतमा २ नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

यससँगै विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३५ पुगेको छ । हालसम्म २१ देशमा कोरोना संक्रमणले नेपालीको मृत्यु भएको एनआरएनएले जनाएको छ ।

एनआरएनए अनतर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा कोरोना संक्रमित नेपालीको संख्या ६० हजार १२१ पुगेको छ । तीमध्ये ५८ हजार ४३२ जना कोरोनामुक्त भएका छन् ।

संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार