२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आर्टमाण्डुकाे 'तिमी नै तिमी' बोलको गीत सार्वजनिक

आइतवार , माघ ४, २०७७

काठमाडौँ, माघ  ।  'के माया लाग्छ र?', 'तीनपाते' र 'याक्थुङ्मा कान्छी'को सफलता पछि गरेको छ। रिकेश गुरुङ्गको शब्द, स्वर र संगीत रहेको उक्त गीत गत साता सार्वजनिक गरिएको हो।

'तिमी नै तिमी' आर्ट्माण्डुका विगतमा सार्वजनिक भएका गीत/ भिडियो भन्दा केही पृथक छ। पहिलेका गीत/ भिडियोहरुमा आर्ट्माण्डुले प्रयोग गर्नेगरेका ग्रामिण परिवेष, र गीत मार्फत कथा भन्ने प्रयोग यो गीतमा गरेको देखिदैन।

बरु यस गीतमा शहरी परिवेशको प्रेम-भाव झल्काइएको छ, जसमाअञ्जना बरैली र दिपक घिमिरेको अभिनय देख्न सकिन्छ। गीतको बारेमा आफ्नो धारणा राख्दै गायक/ संगीतकार रिकेश गुरुङ्गले भने, "बजारमा चल्दै आएका अन्य प्रेम-भाव बोकेका गीत भन्दा 'तिमी नै तिमी' किन फरक छ भने यसमा मैले शास्त्रिय संगीतका केही पक्ष छुने जमर्को गरेको छु।

मलाई आशा छ यो कोशेली दर्शक/ श्रोताहरुले पक्कै मनपराउनुहुनेछ। " त्यस्तै अञ्जना बरैली भन्छिन, "मेरो विचारमा 'तिमी नै तिमी' मा गीत त भिडियो दुबैले एक अर्कालाई एकदमै साथ दिएका छन्।

भिडियो हेर्दा जतिआनन्द आउने खालको छ, गीत उत्तिकै मोहक छ। " बरैली ज्वेलरी शपले निर्माण गरेको गीतको भिडियो रुपेश थापाको छायांकनमा नितिन चन्दले निर्देशन गरेका हुन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार