२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोरोना संक्रमणबाट विदेशमा थप ३ नेपालीको निधन

आइतवार , पौष १९, २०७७

लण्डन, पुस  । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३  नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १  र पोर्चुगलमा २ को निधन भएको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसंगै विदेशमा कोरोना भाइरसबाट निधन हुनेको कुल संख्या (२० देशका) ३१५ पुगेको छ ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३८५ नेपालीमा कोरोना संक्रमण देखिएको छ तीमध्ये ५० हजार ६५६  कोरोना मुक्त भएका छन् ।

यो कुल संक्रमितको ९४ प्रतिशत हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार