काठमाडौं, मंसिर । लोक सेवा आयोगले ठूलो संख्यामा राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृतका लागि आवेदन माग गरेको छ ।
बुधबार गोरखापत्रमा विज्ञापन प्रकाशित गर्दै आयोगले शाखा अधिकृतको ५१३ पदमा विज्ञापन खुलाएको हो । यसमध्ये १५३ जना जेष्ठताको आधारमा बढुवामार्फत् पदपूर्ति गरिने छ ।
बाँकी पदहरुमा भने खुला तथा सामावेशीको आधारमा पदपूर्ति हुने लोक सेवा आयोगले जनाएको छ । आयोगले जारी गरेको सूचना अनुसार सामान्य प्रशासन समूहमा खुलातर्फ ४४ अधिकृत पदमा विज्ञापन खुला भएको छ ।
यसैगरी राजश्वमा ४१, लेखामा ३४, लेखा परीक्षणमा १२ र परराष्ट्र सेवामा १ पदमा खुलातर्फ विज्ञापन खुलेको छ । पुष १४ गतेसम्म दरखास्त दिन लोकसेवाले आह्वान गरेको छ ।
दोब्बर दस्तुर तिरेर २१ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।