२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

वरिष्ठ गायक जगतमर्दन थापाको निधन

सोमवार , मंसिर २२, २०७७

काठमाडौं, मङ्सिर  ।  वरिष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ । उपचारको क्रममा ८२ वर्षीय गायक थापाको सोमबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

स्वासप्रस्वास सम्बन्धी समस्याका कारण उनलाई केही दिनदेखि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । त्यसअघि गायक थापा कोरोना भाइरसको संक्रमण जित्न सफल भएका थिए ।

१९९५ असार १७ मा जन्मिएका थापा २०२० देखि गायनमा सक्रिय रहँदै आएका थिए । उनले नयाँ एल्बमको तयारी भइरहेको थियो । उनका ‘भन लौ तिमी नढाँटी, आशाको दियो बालेर, माया लुकाइ लुक्दैन’ सहितका गीत चर्चित छन् ।

उनको सोमबार नै अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार