२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

स्वेता खड्काको विवाह आज, यस्ता छन् बेहुला (तस्बिरहरु)

सोमवार , मंसिर २२, २०७७

अभिनेत्री स्वेता खड्काको सोमबार विवाह हुँदैछ । उनले विवाहकै दिन बेहुलाको तस्बिर सार्वजनिक गरेकी छन् ।

स्वेताले धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह गर्दै छिन् । उनीहरुको विवाह गोकर्ण रिसोर्टमा हुन लागेको हो ।

उनले मेहन्दी र हल्दी कार्यक्रमको तस्बिर पोस्ट गरेर लेखेकी छन्, ‘मेहन्दीको रङहरुसँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म…।’

उनले ‘कहाँ भेटिएला’ चलचित्रबाट नेपाली चलचित्रमा डे्ब्यू गरेकी थिइन् । उनको नेपालका चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ मा विवाह भएको थियो । त्यसको एक महिनापछि साउनमा श्रेष्ठको उपचारका क्रममा असामयिक निधन भएको थियो।

तस्बिरहरुः स्वेता खड्काको फेसबुकबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार